किरा परेको अवस्थामा भेटिएको महिलाको शव सनाखत
कैलाली – कैलालीमा किरा परेको अवस्थामा फेला परेको महिलाको शवको सनाखत भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका- १० मा रहेको बुलबुले सामुदायिक वनमा आज बिहान फेला परेको शव वडा नम्बर ९ की करिब २१ वर्षीया पदमा बटाला रोकाया रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहराले जानकारी दिए ।

आज बिहान खोलामा माछा मार्न जाने क्रममा किरा परेको अवस्थामा शव भुइमा देखिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । शवलाइ पोस्टमार्टमको लागि धनगढी पठाइएको बोहराले जानकारी दिए ।

