किरा परेको अवस्थामा महिलाको शव फेला
कैलाली – कैलालीमा किरा परेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका- १० मा रहेको बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।
किरा परेको अवस्थामा शव भुइमा रहेको हुनाले पहिचान गर्न समस्या भएपनी लगाएको लुगाको आधारमा महिलाकै शव रहेको अनुमान गरिएको छ । भट्टले भने, ‘हामी घटनास्थलमै छौं । शब हेर्दा ५/७ दिन अगाडिको हुनसक्ने अनुमान गरिएको छ ।’
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहराले हालसम्म कुनै पनि महिला हराएको सुचना नआएको हुँदा शव पहिचान गर्न गार्हो रहेको बताउदै घटनाको थप अनुसन्धान गर्ने जानकारी दिए ।
आज बिहान खोलामा माछा मार्न जाने क्रममा शव देखिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।