पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाए



काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि ९ बजेर ५१ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

टीका ग्रहणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति र अमनचयनको कामना गरे ।

देश संचारबाट