पूर्वराजा ज्ञानेन्द्र परिवार बोकेर थाइल्याण्ड किन जाँदैछन् ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र परिवार बोकेर थाइल्याण्ड किन जाँदैछन् ?



काठमाडौं -पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित थाइल्याण्ड जान लागेका हुन् । । पूर्वयुवराज्ञी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गइसकेको छ ।

निर्मलनिवास स्रोतका अनुसार उनी करिब एक महिना बसाइक लागि थाइल्याण्ड जान लागेका हुन् । । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बसेका ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका हुन् । नेपाल समाचारपत्रबाट