चलिरहेको बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

चलिरहेको बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?



काठमाडौं- लामो समय स्थगित भएको नेकपा स्थायी कमिटिको बैठक चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठक चलिरहेकै बेला बिचैमा निस्किएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले सल्लाहमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर बाहिरिएको बताएको छ ।

प्रधानमन्त्री ओली बैठक सुरू भएको केहीबेरमै बाहिरिएका हुन् । उनी बाहिरिएको खबरले नेकपा वृत्तमा हंगामा भएको छ । यसअघिका बैठकहरूमा पनि ओली पटक पटक बैठक चल्दैगर्दा निस्किएका थिए ।

प्रधानमन्त्री ओलीले बहिस्कार गरेपछि जारी स्थायी कमिटि बैठक अनिश्चितकालका लागि स्थागित गरिएको थियो ।

तर आज भने सहमति मै प्रचण्डलाई बैठक संचालन गर्न आग्रह गरेर ओली बाहिरिएको दाबी गरिएको छ । ५१ दिनको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको स्थायी कमिटी बैठकमा ओलीले छोटो मन्तव्य राखेका थिए ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनको आधारमा स्थायी कमिटी बैठकका लागि नयाँ कार्यसूची बनाइएको छ । असार १० गते शुरु भइ पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लो पटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।