चुनाव जितेलगत्तै बार अध्यक्षलाई आफ्नै सहयोगीले किन मारे ? - Himal Post Himal Post
  • १५ मंसिर २०८१, शनिबार
  •      Sat Nov 30 2024
Logo

चुनाव जितेलगत्तै बार अध्यक्षलाई आफ्नै सहयोगीले किन मारे ?



एजेन्सी– भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ ।

दुई दिनअघि मात्र युपी बार काउन्सिलका अध्यक्षमा चुनिएकी दरबेशको एक कार्यक्रममा सामेल हुन गइरहेका बेला उनका सहयोगी वकिलले गोली हानी हत्या गरेका हुन् । उनको हत्या उनका सहयोगी वकिल मनिष शर्माले गरेको भारतीय प्रहरीले जनाएको छ ।

अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा भाग लिन गइरहेका बेला मनिषले उनीमाथि गोली चलाएका थिए । गोली लागे लगत्तै दरवेशलाई स्थानीय पुष्पाञ्जली अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो ।