सिंगापुर र अमेरिकामा उपचार गराएकी सीतालाई किन लगिँदैछ भारत ? - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

सिंगापुर र अमेरिकामा उपचार गराएकी सीतालाई किन लगिँदैछ भारत ?



काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्‍नी सीता दाहालको उपचारका लागि आज भारत जाँदैछन् ।

पुरानै रोग बल्झिएपछि केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीतालाई भारत लगिँदै छ । बिहान ११ बजेको उडानबाट उनलाई भारतको मुम्बई लैजान लागिएको हो ।

प्रचण्डको सचिवालयका अनुसार सीता एक्लै जान नमानेको कारण प्रचण्ड भारत जान लागेको बताइएको छ ।

यसअघि अमेरिका उपचारमा जाँदा पनि प्रचण्ड साथमै गएका थिए । भारत लैजाने तयारी हुँदापनि पत्‍नी सीताले पनि सँगै जाने चाहना राखेकी थिइन् ।

उपचारका लागि सिता दाहाल, प्रचण्ड र छोरी गंगा दाहाल जाँदैछन् ।

अमेरिकामा उपचार गराएकी सीतालाई किन लगिंदैछ भारत ?

प्रचण्ड पत्नी सीताको उपचार यसअघि सिंगापुर त्यसपछि अमेरिकामा गरिएको थियो । तर यसपटक भारत लैजाने निर्णय भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्ड भारत जानुलाई अर्थपूर्ण रूपले हेरिएको छ । कहिले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने आंकलन गरेका छन् ।

भारत लैजाने तयारी भैरहेका बेला कतिपयले पछिल्लो राजनीतिलाई समेत जोडेर हेरेका छन् ।

सचिवालयले भने यहाँको राजनीतिक परिस्थितिको कारण देखाएर प्रचण्ड नजान खोजेको र सीताले एक्लै नजाने भनेपछि जान लागिएको बताएको छ ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।