किन जाँदैछन उर्जामन्त्री दक्षिण कोरिया ?
हिमालपोष्ट/काठमाडौं, चैत २ ।
जलविद्युतको उत्पादनबाट आर्थिक विकासमा छलाङ मार्ने घोषणा पछि उर्जामन्त्री जनार्दन शर्मा दक्षिण कोरिया जाने भएका छन् ।
नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति रहेको कोरियामा उर्जा विकासका लागि आवश्यक लगानीको खोजी गर्ने उद्देश्यले उर्जामन्त्री कारिया जान लागेका हुन ।
उर्जामन्त्री दक्षिण कोरियामा आयोजना भइरहेको “नेपालको उर्जा बिकासमा कोरियाबाट लगानी“ बिषयक कार्यक्रममा सहभागी हुने छन् ।
कोरियास्थित नेपाली राजदुतावास र गैर आवसिय संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा यही चैत ६ गतेका दिन दक्षिण कोरियाको जुङगु कुमिन ह्वेग्वानमा कार्यक्रम हुने बताइएको छ ।
आम नेपाली जनताको लगानीबाटै अधिकांश जलविद्युत परियोजना सम्पन्न गर्न सकिने नयाँ सोच अगाडि सारेका उर्जामन्त्रीले कोरियामा कार्यरत नेपालीहरुको बचतलाई जलविद्युतका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल गर्नेछन ।