किन बोलायो कांग्रेसले केन्द्रीय समिति बैठक ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

किन बोलायो कांग्रेसले केन्द्रीय समिति बैठक ?



काठमाडौं । नेपाली कांग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरको हो । माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिमा केन्द्रीत हुने बताइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठक पहिलो चरणमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित रहने जानकारी दिए । ‘‘माघ ४ गतेका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठक पहिलो चरणमा राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत हुन्छ’’, उनले बाह्रखरीसँग भने, ‘‘त्यस लगत्तै अहिलेसम्म उठ्दै आएका राजनीतिक विषयवस्तुहरुले बैठकमा प्रवेश पाउनेछन् ।’’