कानुनविद्हरुलाई फेरि किन बोलाइयो बालुवाटार ? - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

कानुनविद्हरुलाई फेरि किन बोलाइयो बालुवाटार ?



काठमाडौं- सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो। कानुन व्यवसायीसँग छलफल गरर गठबन्धनको बैठक अपराह्न ४ बजे पुन बस्ने भएको हो।

स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा गठबन्धनले कानुनविद्हरुसँग छलफल गर्न लागेको हो। गठबन्धनका दलहरु निकट कानुन व्यवसायीलाई छलफलका लागि बोलाइएको एक कानुन व्यवसायीले जानकारी दिए।

गठबन्धनले यसअघि पनि कानुनविद्हरुसँग छलफल गरेको थियो। उक्त छलफलका क्रममा गठबन्धन निकटका कानुन व्यवसायीले पछि निर्वाचन गर्नका लागि कानुन संशोधन गर्न सुझाव दिएका थिए। उनीहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। तर, निर्वाचन आयोगले भने कानुन अनुसार भन्दै बैशाखमा नै चिर्वाचन गर्न दुई मिति प्रस्ताव गरेको थियो भने उसले पुन सरकारलाई निर्वाचनको मिति चाँडो तोक्न आग्रह गरेको छ।

सत्ता गठबन्धनले निर्वाचन सार्न खोजेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे छलफलका लागि बैठक बोलाएका हुन्।