किन ऋण लगानीबाट भाग्दैछन बैंकहरु ?
यहाँका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् ।
बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् ।
होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भईरहेको बताए ।
व्यापार व्यवासयमा बैंकको ऋण आवश्यक पर्छ, उनले भने, तर वाणिज्य बैंकहरु अनेक बहाना देखाएर ऋण लगानी गर्नबाट उम्किँदै छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।