किमसँगको भेटपछि पुटिन एकाएक चिन पुगे - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

किमसँगको भेटपछि पुटिन एकाएक चिन पुगे



चीन– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग सुदूरपूर्वी शहर भेटवार्ता गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न चीनको राजधानी बेइजिङ पुगेका छन् ।

राष्ट्रपति पुटिनले बेइजिङमा जारी बेल्ट एण्ड रोड मञ्चको सम्मेलनमा सी जिन्पिङसँग साइडलाइनमा भेटवार्ता गरेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दुई नेताबीच भेनेजुएलामा जारी राजनीतिक संकट, कोरियाली प्रायद्विपमा पछिल्लो समय विकसित घटनाक्रम तथा अन्य विषयमा छलफल भएको सिन्ह्वाले जनाएको छ ।

पुटिने सीसँगको भेटवार्ताका क्रममा हालै सर्वोच्च नेता किमसँग भएको भटवार्ताबारे पनि जानकारी गराएको बताइएको छ ।