सार्वजनिक भएका किम जोङ उन ‘नक्कली’ भएको आशंका
एजेन्सी- लामो समय गायब भएर अचानक सार्वजनिक भएका कोरियाली शासक किम जोङ उन नक्कली भएको दाबी गरिएको छ । २० दिनसम्म गायब भएका उन अचानक २ मे मा एक सार्वजनिक कार्यक्रममा देखा परेको बताइएको थियो ।
उनीबारे विभिन्न खाले समाचार बाहिरिएका बेला उत्तर कोरियाली सरकारले उनी सार्वजनिक कार्यक्रममा देखिएको दाबी गरेको छ । तर, २ मे मा सार्वजनिका कार्यक्रममा उपस्थित भएका ति व्यक्ति किम जोङ उन नभएर उनको नक्कली रुप भएको खुलासा धेरैले गरेका छन् ।
उत्तर कोरियाली सरकारले किम स्वस्थ रहेको दाबी गर्दै आएको थियो । उनले आफ्नो अर्काे स्वरुप बनाएको भन्दै अहिले सोसल मिडियामा बहस चलेको छ । ब्रिटेनकी पूर्व सांसद लुईस मेन्सले उनले आफ्नो डबल बडी बनाएर राखेको सामाजिक सञ्जाल ट्वीटरमा प्रमाण समेत दिएकी छन् ।
त्यस्तै केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले फोटोग्राफलाई प्रमाण देखाउँदै सार्वजनिक कार्यक्रममा देखिएको भनिएका तानशाह किम नभएको बताएका छन् ।
लुईसले किमको दाँत सार्वजनिक कार्यक्रममा देखिएका व्यक्तिसँग नमिलेको समेत बताएकी छन् । साथै उनले कानको आकार पनि नमिलेको बताएकी छन् । इतिहासमा पनि केहि शासकहरुले आफ्नो नक्कली स्वरुप धेरै बनाएर राख्ने गरेको पाइन्छ । त्यसमध्ये एडल्फ हिटलर, जोसेफ स्टालिन र सद्दाम हुसेनको नाम जोड्ने गरिन्छ ।
लुईसले लेखेकी छन् कि, यदि कोरियन प्रोपोगाण्डाद्वारा जारी फोटो हेर्ने हो भने किम जोङ उनको दाँतमा पनि भिन्नता रहेको छ, उनी एक मानिस मात्र हुन सक्दैनन्, म त्यसमा कुनै बहस गर्न चाहान्न । तर तस्वीरमा देखिएका दुबै व्यक्ति किम भने होइनन् ।
यदि तपाई किमको कानमा ध्यान दिएर हेर्नुहुन्छ भने पनि त्यसमा फरक पाउनुहुनेछ । एक फोटोमा उनको कान सिधा छ भने अर्काेमा थोरै बाङ्गो रहेको छ ।
त्यस्तै जेनिफर जेंग नामक एक भ्लगरले किमको केहि फोटोहरु ट्वीटरमा शेयर गरेकी छन् । त्यसमा उनले कान, दाँत र कपालमा फरक रहेको कुरा देखाएकी छन् ।
उनको फोटोमा धेरै फोकस किमको हातमा गरिएको छ । उनको दायाँ हातको नाडिमा एक निशान रहेको छ । यो निशान वास्तविक किमको हातमा नभएको मानिएको छ । तर कसैले भने अप्रेशन गर्दा लगाएको मोटो सुईको दाग भएको बताएका छन् ।
२ मे मा कोरियन मिडियाले किम एक फार्टिलाइजर प्लान्टको उद्घाटनका लागि सार्वजनिक भएको देखाएका थिए । त्यहाँ उनी एकदमै स्वस्थ देखिन्थे ।