किमको टपलेस फोटोले सामाजिक संजालमा हंगामा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

किमको टपलेस फोटोले सामाजिक संजालमा हंगामा



लसएञ्जलस । हलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी किम कदार्शियनफेरि चर्चामा आएकी छिन् । किमले ओछ्यानमा खिचेको टपलेस फोटोले सामाजिक संजालमा हंगामा मच्चाएको छ । उनले विभिन्न भावभंगीमा टपलेस फोटो खिचाएकी छिन् ।

सन् २००३ सम्म गुमनामजस्तै रहेकी किम पूर्वप्रेमीसँगको सेक्स टेप लिक भएपछि चर्चामा आएकी थिइन् । उनी धेरैपटक कामुक अभिनेत्रीको शीर्ष १० सूचीमा पनि परेकी छिन् । उनी इन्स्टाग्राममा संसारको सबैभन्दा बढी फलोअर्स भएकी छैटौं सेलेब्रेटी पनि हुन् ।

विभिन्न कारणले विवादमा आइरहने उनी अहिले इन्स्टाग्राममा पोस्ट गरेको फोटोले चर्चामा छिन् । उनले ‘गुड मर्निङ’ भनेर फोटोहरु पोस्ट गरेकी छिन् । उनको ‘किपिङ अप विथ द कदार्शियन’ चर्चित टेलिभिजन सिरिज हो । उनको सन् २०१८ मा तीन सय ५० मिलियन अमेरिकी डलर सम्पत्ति थियो । एजेन्सी