अमेरिकासँग लड्न आफूहरू तयार रहेको किम जोङ उनको घोषणा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकासँग लड्न आफूहरू तयार रहेको किम जोङ उनको घोषणा



काठमाडौं- उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग लड्नका लागि आफूहरू तयार रहेको बताएका छन् । उनले अमेरिकासँग वार्ता र लडाई दुवैका लागि आफूहरू तयार रहेको बताएका छन्।

उत्तर कोरियाको सरकारी समाचार स्रस्था केसीएनएका अनुसार किमले अमेरिकासँग लडाईका लागि तयार रहेको घोषणा गरेका छन् ।

बाइडेन सत्तामा आएपछि अमेरिकामाथि किमको यस्तो टिप्पणी पहिलोपल्ट आएको हो। किम जोङले सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।

किमले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग लडाईका लागि विशेष रुपमा तयार रहनुपर्ने बताएका हुन्। यसअघि बाइडन प्रशासनका तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरेको थियो।

किमले आफ्नो पार्टीका वरिष्ठ नेताहरुबीच भएको बैठकमा त्यस्तो बताएका थिए।