किमका दाजु अमेरिकी गुप्तचर सीआइएका एजेन्ट भएको खुलासा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

किमका दाजु अमेरिकी गुप्तचर सीआइएका एजेन्ट भएको खुलासा



वासिंगटन । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट भएको दाबी बाहिर आएको छ ।

उनले केही पटक सीआईएका अधिकारीहरुसँग छलफल समेत गरेको बताइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाली नेता किमले उनको हत्या गर्न आदेश दिएअनुसार नै किम जोङ नामको हत्या भएको दाबी गरेका छन् ।

यद्यपि उत्तर कोरियाले यो आरोपको खण्डन गर्दै आएको छ । सीआइएसँग सम्बन्ध रहेको सञ्चारमाध्यममा रिपोर्ट आएपनि किम र सीआइएबीचको सम्बन्धबारे विस्तृत रुपमा स्पष्ट भइसकेको छैन ।

वाल स्ट्रिट जर्नलका अनुसार सीआईइका गुप्तचरसँग ४५ वर्षीय किमको केही पटक कुराकानी भइसकेको थियो । यसबारे जानकारी राख्ने नाम उल्लेख नगरिएका व्यक्तिलाई उदृत गर्दै यो समाचार प्रकाशित भएको हो ।

सन् २०१७ मा मलेसियाको क्लालम्पुरस्थित विमानस्थलमा उनको हत्या भएको थियो । दुई युवतीले उनको अनुहारमा बिषालु भीएक्स नर्भ एजेन्ट दलेर भागेलगत्तै उनी ढलेका थिए । तत्काल अस्पताल लगिएका उनलाई मृत घोषणा गरिएको थियो ।