के.आई. नेपालद्वारा रुपन्देही कि युवतीको दिल्लीदेखि उद्दार - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

के.आई. नेपालद्वारा रुपन्देही कि युवतीको दिल्लीदेखि उद्दार



भारतको नयाँ दिल्लीको   एक होटल   देखि दिल्ली महिला आयोगको सहयोगमा के आई नेपालद्वारा  एक जना युवतीको उद्दार गरिएको छ   ।

रुपन्देहीको मुर्गिया घर भएकी फुलमाया (नाम परिवर्तन )लाई करिब ७ महिना अगाडी बुटवलका कमल गुरुङले   दुवैमा राम्रो जागिर लगाईदिने भनेर नेपालगंज नाका हुदै भारतदेखि दुवै पठाएको र दुवैमा करिव १ महिना कम गरेपछि मालिकाले फर्काई दिएपछि उक्त युवतीलाई करिब ५ महिना उनीहरुकै कोठामा राखी  केहिदिन अगाडी भारतमा आफ्नै साथीको होटलमा काम लगाईदिने भनेर दुवैदेखि  दिल्ली स्थित एक होटलमा बोलाईएको थियो ।

उक्त युवतीले बारम्बार आफ्नो घर जाने भन्दा जान नदिएपछि युवतीले आफन्त पर्ने एक जना दिदीलाई खबर गरेपछि उनले  के आई नेपालको भारत स्थित प्रतिनिधि संग सम्पर्क गरे पश्चात् मात्र  के आई नेपालले दिल्ली महिला आयोगको सह्यातामा उनलाई उद्दार गरिएको  हो ।

साथै दिल्ली पुलिसका एक कर्मचारीले यस्ता घटनामा पिडित स्वंयमले प्रहरी सामु आफ्नो यथार्थ खुलाउनु पर्छ तब मात्र हामीले उद्दार गर्न सक्छौ र दलाललाई तुरुन्तै  कारवाही गर्न सकिने बताएका थिए ।