महासचिव पौडेल साँझपख सुटुक्क खुमलटार छिरेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

महासचिव पौडेल साँझपख सुटुक्क खुमलटार छिरेपछि…



काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको डिलमा पुगेका बेला अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको अस्वाभाविक सक्रियता देखिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी बनेलगत्तै महासचिव विष्णु पौडेलको पनि खुमलटारमा सुटुक्क पुगेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आइतबार साँझपख प्रचण्ड निवासमा छिरेका पौडेल लामो समय छलफल गरेर निस्किएका थिए । भेटमा के बिषयमा कुरा भयो भन्ने बिषयमा केहि खुलेको छैन । पौडेललाई ओलीले पठाएका हुन् या आफै गएका हुन् भन्नेबारे पनि खुलेको छैन।

प्रधानमन्त्री ओलीले आफ्ना केहि खास व्यक्तिहरूको समूह बनाएका छन् जसमा पछिल्लो समय पौडेल अटाएका छैनन् । प्रधानमन्त्री ओलीले खास व्यक्तिहरूसंग छलफल गरेपछि मात्र पौडेललाई भेट्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीको आफ्ना सल्लाहकारहरू सहितको ‘कोर टिम’ छ । यसभन्दा पहिले प्रधानमन्त्रीले उनीहरूसंगै पौडेललाई भेट्ने गरेका थिए । अहिले भने सल्लाहकारहरुसँग छलफल गरेपछि मात्रै महासचिव पौडेललाई भेट्न थालेका छन् ।