खुमबहादुरको उपचारमा भारत सरकारले सहयोग गर्ने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

खुमबहादुरको उपचारमा भारत सरकारले सहयोग गर्ने



नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारमा भारत सरकारले सहयोग गर्ने भएको छ ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको हो । एपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले प्रधानमन्त्री कार्यालयका तर्फबाट सोधिएको बताए ।

नेपालसँगै जोडिएको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खङ्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका छन् । एपोलोका प्रबन्ध निर्देशक वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली आइपुगेका छन् ।