खुला मञ्चमा डुबेको साना व्यापारीको आठ करोड जिम्मा कसले लिन्छ? - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

खुला मञ्चमा डुबेको साना व्यापारीको आठ करोड जिम्मा कसले लिन्छ?



खुला मञ्चमा बनाइएको ५१ वटा अबैद्य सटरमा शनिबार डोजर चलाइयो।

सटर भत्काएसँगै साना व्यापारीको झण्डै आठ करोड रुपैयाँ डुबेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र तिर्थ बस्नेतले लेखेका छन्।

उनीहरुले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाएका थिए।

सलामी रकम असुल्ने ठेकेदार हुन्, बसपार्कस्थित काठमाडौँ टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवाल।

बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेका अनुसार भेटवालले महानगरपालिकासँग स्वीकृती लिएरै सटर निर्माण गरिएको भ्रम दिएर व्यापारीसँग प्रतिसटर १५ लाख रुपैयाँ असुलेका थिए।

खुला मञ्चको करिब ५१ सटरबाट मात्रै उनले व्यापारीसँग एकमुष्ट सात करोड ६५ लाख रुपैयाँ असुलेका पाण्डेले बताए।

खुलामञ्चको भुइँ ढलान गरी ठेकेदारले ५१ वटा सटर बनाएर भाडामा लगाउँदा ३० दिनसम्म नदेख्ने सरकारले साना व्यापारीलाई सामान उठाउन ३० मिनेट समय पनि दिएन।

सामान जोगाउन बालबालिकाले समेत भागदौड गर्नुपर्यो। सरकारको आँखै अगाडि सटर बनाएर ठेकेदारले ११ देखि १५ लाख रुपैयाँका दरले ५१ व्यापारीबाट उठाएको साढे सात करोडको जिम्मेबार को?