दबाब थेग्न नसकेपछि चार दिनमै खुले भारतीय च्यानल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दबाब थेग्न नसकेपछि चार दिनमै खुले भारतीय च्यानल



काठमाडौं- बन्द गरेको चार दिन नबित्दै नेपालमा भारतीय च्यानलहरू खोलिएका छन् । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भारतीय मिडियामा जथाभावी समाचार आएको भन्दै सरकारले दिएको अनौपचारिक निर्देशन अनुसार बन्द रहेका भारतीय च्यानलहरु पुनः खुलेका हुन् ।

केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानल बाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेपछि पुनः सुचारू गरिएको हो ।

संयुक्त बैठकले आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरेको छ भने अन्य सबै च्यानल खुलाएको छ ।

ग्राहकको दबाब बढी आएको र दवाव थेग्न नसकेको कारण च्यानलहरू खोलिएको बताइएको छ । सबै अपरेटरहरुले आफूहरुलाई दबाब आएको हुँदा अहिले भारतीय च्यानल बन्द नगर्न आग्रह गरेकाले सबैले खुला राख्ने निर्णय गरेको बताइएको छ ।