पहिले भन्दा खुकुलो पारेर निषेधाज्ञा एक साता लम्बियो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पहिले भन्दा खुकुलो पारेर निषेधाज्ञा एक साता लम्बियो



काठमाडौं- काठमाडौं उपत्यकामा अब बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार रातिबाट लागू हुने गरी यस्तो निर्णय गरेका हुन्।

निषेधाज्ञा थप एक साताका लागि लम्ब्याउने निर्णयसँगै अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन हुने समय अवधि बढाइएको हो।

यसअघि बिहान सवा ९ बजेसम्म मात्र यी व्यवशाय सन्चालन गर्न पाइन्थ्यो। यसैगरि पीसिआर नेगेटिभ भएका व्यक्तिहरुबाट अनलाइन डेलिभेरी सेवा दिन पनि खुला गरिएको छ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त रुपमा भदौ १७ गते रातिदेखि थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय लिएका छन्।