नेपालमा कोरोना खोपको परीक्षण नगरिने - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेपालमा कोरोना खोपको परीक्षण नगरिने



काठमाडौं- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामुहिक परीक्षणको सम्भावना टरेको छ ।

विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामुहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।

विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामुहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।