पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ: प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था गरिने कुरामा निश्चिन्त रहन भनेका छन्। थप खोपको व्यवस्था गरी सबै वयस्कलाई खोप लगाई महामारी नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीले बताए।

खोप उत्पादक कम्पनीले प्रतिवद्धता खोप उपलब्ध नगराउँदा विकाससील देशका लागि खडा गरिएको कोभ्याक्स एलाएन्सको समग्र योजना प्रभावित भएको उनले बताए। खोपको असमान वितरण विश्वव्यापी बहस बनेको प्रधानमन्त्रीले बताए।

कोरोना महामारीको आक्रमणबाट विकासशील देशमा मार बढी परेको भन्दै यसले दिगो विकासमा चुनौती रहेको उनको भनाइ छ।