खिमलाल देवकोटाले लिए ठुलो अग्रता - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

खिमलाल देवकोटाले लिए ठुलो अग्रता



काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकिएको छ। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको मतदानपश्चात मत गणना अहिले भैरहेकोछ ।

स्थानीय तह तर्फ खिमलाल देवकोटाले अग्रता लिएका छन् । जसमा खिमलाल देवकोटाले १ सय २८, रामबहादुर थापा बादलले १ सय ३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ।

अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।