खेतीयोग्य जमिन घडेरी बनाउन, कित्ताकाट गर्न नपाईने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

खेतीयोग्य जमिन घडेरी बनाउन, कित्ताकाट गर्न नपाईने



काठमाडौं । जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुकुलो भएको छ । सरकारले नागरिकका व्यावहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जनाएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले कित्ताकाट खुकुलो बनाइएको बारेमा जानकारी दिइन् ।

सरकारले २०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकेको थियो ।

अंशबण्डा लगायतका व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभाग लगायतलाई निर्देशन गरिएको मन्त्री अर्यालले जानकारी दिइन् । खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने नपाईने उनले बताइन् ।

कित्ताकाट गर्न पाइने मापदण्ड निर्माण भएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘यो तत्कालीन समाधान मात्र हो, मन्त्रालयको सफ्टवेयरमा कुनै जमिन खेतीयोग्य हो कि होइन भनेर सबै विवरण राख्दैछौं,’ मन्त्री अर्यालले भनिन्, ‘तर अहिले विवरण नहुँदा स्थानीय तहको भर पर्नुपरेको हो ।’