खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर रुपन्देहीमा युवकको हत्या - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर रुपन्देहीमा युवकको हत्या



रुपन्देही । तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो ।

बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले खबर गरेपछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “चौधरीले पनि हत्या गरेको स्वीकार गरे ।”

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताउनुभयो। अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको छ ।