को बाहिरिए, को अन्तिम १६ मा? अबको खेल तालिका सहित - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

को बाहिरिए, को अन्तिम १६ मा? अबको खेल तालिका सहित



काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो चरणको प्रतिस्पर्धा भइरहेको छ। चार समूहका खेल सकिएका छन् बाँकी चार समूहका खेल बुधबार र बिहीबार हुनेछन्।

विश्वकपमा अहिलेसम्म २२ टिमको यात्रा तय भएको छ। अब दोस्रो चरण पुग्ने दौडमा १० टिम रहेका छन्। १० मध्ये ६ टिम दोस्रो चरणमा पुग्नेछन्। चार टिम बाहिरिनेछन्।

समूह ‘इ’ मा ब्राजिल, स्विट्जरल्यान्ड र सर्विया मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन्। यस्तै समूह ‘एफ’ मा मेक्सिको, जर्मनी, स्विडेन र दक्षिण कोरिया मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन् भने २ टिम बाहिरिनेछन्। समूह ‘एच’ मा जापान, सेनेगल र कोलम्बिया मध्ये २ टिम नकआउट चरणमा पुग्नेछन्।

अन्तिम १६ मा पुगेका टिम

रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, बेल्जियम, इंग्ल्यान्ड

बाहिरिएका टिम

साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, पानामा, ट्युनिसिया, पोल्यान्ड

अहिलेसम्म तय भएको अन्तिम १६ को खेल