ओभर घटाइयो : अफ्रिकाविरुद्ध न्युजल्याण्ड फिल्डिङमा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ओभर घटाइयो : अफ्रिकाविरुद्ध न्युजल्याण्ड फिल्डिङमा



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेलमा न्युजल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

मंगलबार भएको वर्षाका कारण मैदान गिलो भएपछि टसमा ढिलाइ भएको थियो । खेल केही समय ढिलो भएकाले एक ओभर घटाइएको छ । खेल अब ४९ ओभरको मात्रै हुनेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् ।

न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । कमजोर सुरुवात गरेको दक्षिण अफ्रिकाले आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्न नसके आगामी यात्रा निकै कठिन हुनेछ ।