खेल रद्ध हुँदा दक्षिण अफ्रिकाका कप्तान यसरी भए खुसी - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

खेल रद्ध हुँदा दक्षिण अफ्रिकाका कप्तान यसरी भए खुसी



एजेन्सी – जारी विश्वकपमा लगातार ३ खेल हारेर चौथो खेलमा दक्षिण अफ्रिकाले वर्षाका कारण खेल रद्ध भएपछि वेस्ट इण्डिजसँग अंक बाड्यो।

टोलीको यो वर्तमान अवस्थाले विश्वकपको सेमिफाइनल यात्रा दक्षिण अफ्रिकाका लागि कठिन बनेको छ। टोली सेमिफाइनलबाटै बाहिरिने खतरा बढेको छ। टोलीमाथि खतरा रहेपनि कप्तान फाप डु प्लेसिसलाई हेर्दा उनको लागि यो ठीक छ जस्तो देखिन्छ।

यसकारण खुसी भए डुप्लेसिसले

वेस्टइण्डिज विरूद्धको खेलमा २ विकेटको नोक्सानीमा २.३ ओभरमा २९ रन बनाउँदा खेल रद्ध भएको थियो। खेल रद्ध हुँदा क्विटंन डिकक १७ रनमा थिए भने डुप्लेसिसले खाता पनि खोलेका थिएनन्।

‘यदि म्याच भएको भए त्यो टि-२० जस्तो हुन्थ्यो। हामीले दुई विकेट गुमाइसकेका थियौं। यस्तोमा उनीहरूको पल्ला भारी हुन्थ्यो। धेरै अबेला भइसकेको थियो, त्यसैले १ अंक लिएर पनि हामी धेरै खुशी छौं’, डुप्लेसिसले भने, ‘हामओले राम्रो क्रिकेट खेल्नु आवश्यक छ। यदि हामीले यस्तो गर्‍यौं भने १-१ नतिजा हाम्रो पक्षमा आउनेछ जसले पछिका म्याचका लागि चाहिने आत्मविश्वास दिनेछ।’

यसैगरी चोटिल बनेका फास्ट बलर लुंगी एनगिडी १५ जुनमा अफगानिस्तानविरूद्ध हुने खेलमा फिट हुने खुशीको खबर पनि दक्षिण अफ्रिकाले पाएको छ।

टोलीमा लुंगीको फिर्तीले खुशी देखिएका डुप्लेसिसले अफगानिस्तानविरूद्धको खेलमा ठोस प्रदर्शन गर्ने बताए।