मन्त्रिपरिषद् बैठक बस्दै: खतिवडाले राजिनामा दिने तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मन्त्रिपरिषद् बैठक बस्दै: खतिवडाले राजिनामा दिने तयारी



काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने तयारी गरेका छन् । कार्यकाल सकिएकोले उनले राजिनामा दिन लागेका हुन्।

बालुवाटारमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको बताइएको छ ।

युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् ।

स्थायी कमिटी बैठकपछि मात्रै मुलुकले नयाँ अर्थमन्त्री पाउने स्रोतको दाबी रहेको छ ।