नकपा कलहले अर्थमन्त्रीलाई चिट्ठा: अब हट्दैनन् खतिवडा - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नकपा कलहले अर्थमन्त्रीलाई चिट्ठा: अब हट्दैनन् खतिवडा



काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकाल सकिने अघिल्लो दिन पत्रकार सम्मेलनमा भनेका थिए हाम्रो भेट यसरीनै पटक पटक हुनेछ । नेकपाका उपाध्यक्ष बामदेव गौतम वा डा. खतिवडा कसलाई राष्ट्रिय सभामा लैजाने भन्ने दुई गुटको युद्ध चलिरहेका बेला उनले यस्तो बताएका थिए ।

प्रचण्ड-नेपाल समुहले कुनैपनि हालतमा बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने हठ गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडालाई मन्त्रीमा पुन: नियुक्ति गरिछाडे । त्यतिबेला देखि बढेको दुई गुटको अन्तरविरोधले शनिबारको सचिवालय बैठक सम्म मसला पायो ।

अहिले भने खतिवडाले पत्रकार सम्मेलनमा भनेजस्तै उनि पटक पटक भेटिने भएका छन् । बामदेव गौतम रास्ट्रीय सभामा नजाने भएपछी उनलाई चिट्ठा नै परेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाको समय सकेर पुनः मन्त्री बनेपछि विभिन्न अड्कलबाजीहरू गरिएका थिए । यदि गौतम राष्ट्रिय सभामा गएमा उनको राष्ट्रिय सभा जान पाउने संम्भावना सकिने थियो । तर, शनिबारको सचिवालय बैठकको निर्णयले खतिवडालाई फाइदा भएको छ ।

गौतमको राष्ट्रिय सभाको बाटो बन्द

१४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

उक्त निर्णय अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मान्दैन भनेपछि सो निर्णय अलपत्र परेको थियो । अन्य सचिवालय सदस्य भने उक्त निर्णय कार्यान्वयन हुनु पर्नेमा अडिग थिए । तर, शनिबार बसेको सचिवालयले गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेपछि गौतमको राष्ट्रिय सभामा जानेबाट बन्द भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको सिटमा गौतम पठाउने नेकपा सचिवालयको निर्णय शनिबारबाट खारेज भएको छ ।

गौतम आफैले नै राष्ट्रिय सभामा नजाने भनेपछि प्रतिनिधि सभामा लिने निर्णय गरेको स्रोतले बतायो ।