अर्थमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अर्थमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ । इनफ इज इनफ अभियानका अभियन्ताहरुले डा. खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

कोभिड–१९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएकोले सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन दिएकोले भन्दै अभियन्ताले अर्थमन्त्री र सचिवविरुद्ध उजुरी दिएका हुन्।

उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनीहरू माथि अनुसन्धान गरी कारबाही गर्न आग्रह गरिएको छ।

साथै उनीहरूले अर्थ मन्त्रालयमा कोभिड–१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि अर्थ मन्त्रालयले संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा प्रदान गरेका खर्च अख्तियारी र हस्तान्तरण तथा गत आर्थिक वर्षमा ती शीर्षकहरूमा भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता गराएका छन्।

यस अघि उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विरुद्ध पनि अख्तियारमा उजुरी दिएका थिए ।