नेपालमा कोरोनाको खतरनाक रुप: एकैदिन ८ जनाको मृत्यु - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

नेपालमा कोरोनाको खतरनाक रुप: एकैदिन ८ जनाको मृत्यु



काठमाडौं- नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ।

उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए। विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।

विगत सात दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयले सोमवार ३३८ जना र मङ्गलवार ६३८ जनामा सङ्क्रमण भएको र चार-चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१ जना, असार १० गते ६२९ जना र साउन १९ गते ७४० जना सङ्क्रमित फेला परेका थिए।

अहिले देशभरि १४,८४८ जना क्वारन्टीनमा भएको मन्त्रालयले जनाएको छ।