अमेरिकामा खतराको सङ्केत: अधिकांश बिरामीको मृत्यु भेन्टिलेटरमै - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

अमेरिकामा खतराको सङ्केत: अधिकांश बिरामीको मृत्यु भेन्टिलेटरमै



एजेन्सी– विश्वका सबै मुलुकको तुलनामा हाल अमेरिका कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोपको सामना गरिरहेको छ ।

विगत २४ घन्टाको अवधिमा यहाँ २ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुने र संक्रमितको संख्या कुनै पनि मुलुकको तुलनामा बढी रहेको छ ।

नयाँ विकल्प खोज्दै डाक्टर:

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरमा राखिएका कोरोनाभाइरसका संक्रमित बिरामी मध्ये ८० प्रतिशतको मृत्यु भइरहेको छ । जसका कारण डाक्टरहरुको चिन्ता बढिरहेको छ ।

न्यूयोर्कका डाक्टर नेगिनले भनेका छन्, ‘जुन बिरामीमा निमोनिया रहेको छ, उनीहरुलाई भेन्टिलेटरले काम गरिरहेको छ । तर, कोरोना संक्रमित बिरामीलाई यसले नोक्सानी पु¥याइरहेको छ ।’ यो परिस्थितिमा डाक्टर भेन्टिलेटरको विकल्प खोज्न थालेका छन् ।

नाकमा ट्यूब हालेर दिइन थालियो अक्सिजन:

डाक्टरहरु बिरामीलाई भेन्टिलेटरमा पठाउनुको सट्टा उनीहरुको नाकमा ट्यूब हालेर अक्सिजन दिन थालेका छन् । केही डाक्टरले बिरामीलाई अक्सिजनमा नाइट्रिक अक्सिजन मिलाएर दिन थालेका छन् ।

यसले उनीहरुको रगतको प्रवाह बढाउन सक्ने विश्वास उनीहरुको छ । वासिङटन युनिभर्सिटीका मेडिकल स्कूलका क्रिटिकल केयर विशेषज्ञ डाक्टर टिफनी अस्बर्नका अनुसार भेन्टिलेटरले बिरामीको फोक्सोमा नोक्सानी पु¥याउन सक्छ ।

बिना सल्लाह हाइड्रोक्सीक्लोरोक्वाइन लिइरहेका छन् मानिस:

हाल न्यूयोर्कका मानिस कोरोनाभाइरसको महामारमिा डाक्टरको परामर्श बिना मलेरिया रोकथाम गर्ने औषधी हायड्रोक्सीक्लोरोक्वाइन लिइरहेका छन् ।

फोब्र्सको रिपोर्टका अनुसार १८ मार्चदेखि ६ अप्रिलको बीचमा यो औषधीको प्रयोग दुई गुणाले वृद्धि भएको छ । विशेषज्ञका अनुसार यदी मधुमेहका रोगीले यो औषधी खाएमा यसले विषको रुपमा काम गर्न सक्छ ।