खाटमुनि रहेको एउटा ढुङ्गाले चम्काईदियो माझीको भाग्य,भए रातारात करोडौंको मालिक - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

खाटमुनि रहेको एउटा ढुङ्गाले चम्काईदियो माझीको भाग्य,भए रातारात करोडौंको मालिक



काठमाडौं । फिलिपिन्सका एक माझीको भाग्यमा रातारात परिवर्तन आएको छ । उनी रातारात करोडौंको मालिक भएका हुन् । उनको भाग्यमा यस किसिमको परिवर्तन उनको खाटमुनि रहेको एक ढुङ्गाबाट आएको हो ।

३४ किलोग्राम ढुङ्गाले उनले साधारण भन्ने सोचेर आफ्नो खाटमुनि राखेका थिए तर यो ढुङ्गा पछि अमूल्य मोती भएको खुलेको थियो । यसको लागि १० अर्ब ७२ करोड रुपैयाँको मूल्य लगाइएको थियो । अझ अचम्मको कुरा के छ भने यो ढुङ्गा १२ वर्षसम्म रहेको थियो ।

फिलिपिन्सको पलावन टापुमा बस्ने उक्त माझीले सन् २००६ मा एक समुद्रमा माछा मार्ने क्रममा त्यहाँ आएको समुद्री आँधीमा फसेका थिए । उनको ज्यान उक्त ढुङ्गाको कारण बचेको थियो । त्यो ढुङ्गा सेतो रङ्गको राम्रो थियो । आफ्नो ज्यान बचाउने उक्त ढुङ्गालाई उनले आफ्नो भाग्य मनेर घरमा ल्याएका थिए र १२ वर्षसम्म खाटमुनि राखेका थिए ।

एक दिन उक्त माझीको घरमा आगो लाग्यो । आगो लागेपछि उनले उक्त ढुङ्गालाई आफ्नो खाटबाट निकाले, त्यति नै बेला एक पर्यटकले सो ढुङ्गालाई देखे र त्यसको राज बताइदिए । यससँगै उक्त माझीको भाग्य एकाएक चम्किन पुग्यो ।

यो मोति ६.४ किलोको ‘पर्ल अफ अल्लाह’ भन्दा धेरै गुणा ठुलो थियो । ‘पर्ल अफ अल्लाह’ लाई अहिलेसम्मकै सबैभन्दा ठुलो मोति मानिँदै आएको थियो । (एजेन्सी)