दशैँमा खसी बोका किन्दै हुनुहुन्छ? सिङ हेरेर मात्र किन्नुहोस ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दशैँमा खसी बोका किन्दै हुनुहुन्छ? सिङ हेरेर मात्र किन्नुहोस !



काठमाडौं। नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको छ ।महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । नेपाल समाचारपत्रमा खबर छ