नयाँ पार्टी घोषणा गर्दै रमेश खरेल
काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि राजनीतिमा आउने भएका छन् ।
लामो समयदेखि विभिन्न अभियानमा जोडिएका खरेलले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । खरेलले भोलि नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
खरेलले ‘नेपाल सुशासन पर्टी’ नामक राजनीतिक दल घोषणा गराक हुन् । त्यसका लागि उनले समय र स्थान पनि निर्धारण गरिसकेका छन् ।
भोलि दिउँसो साढे ३ बजे युनियन हाउस अनामनगरमा एक कार्यक्रम गरी खरेलले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।