खराब राजनीतिले पछि पारिएको गुल्मी - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

खराब राजनीतिले पछि पारिएको गुल्मी



-केशव आचार्य

गुल्मी जिल्ला आफैमा एउटा सुन्दर शान्त पहाडी क्षेत्र हो । बुटवल देखि करिब ६५ किलोमिटर र काठमान्डू देखि करिब ३२० किलोमिटर को दुरीमा रहेको गुल्मीमा पवित्र तिर्थस्थल रिडी र रेशुंगा अवस्थित छन् । त्यस्तै कफीको लागि पनि गुल्मी प्रख्यात मानिन्छ ।तम्घास बाट करिब २० किलोमिटर को दुरीमा रहेको धुर्कोट बिचित्र गुफा पनि गुल्मी जिल्लालाई चिनाउने एउटा आधार हो ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको गुल्मी अन्य जिल्ला हरुको तुलनामा अबिकशित त विकट मानिन्छ । त्यसो त गुल्मी जिल्ला आफैमा शिक्षित जामात् रहेको जिल्ला पनि हो । संयुक्त राष्ट्र सङ्घ को उपसचिब कुलचन्द्र गौतम केही पटक मन्त्री भएका गोकर्ण बिस्ट प्रदिप ज्ञावाली तथा विभिन्न सरकारी सेवा मा सचिव उपसचिब हरू धेरै सफल व्यक्तित्व गुल्मी जिल्ला ले जन्माई सकेको छ । सायद गुल्मेली हरू नपुगेको देश पनि कमै होलान् ।

गुल्मी जिल्लाको करिब ४० किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । भौगोलिक विकटता रहेको गुल्मीमा प्रतेक वर्ष करोडौको बजेट सडकको लागि भनेर पारित गरिन्छ । तर दीर्घकालीन सडक निर्माणको सट्टा राजनीतिक दलहरूका स्थानीय प्रतिनिधि मिलेर त्यसलाई बाडफाड गरी केही विकास गरे जस्तो गरेर अरू रकम पचाउने बानी परेको छ । तपाईँहरू अचम्म पर्नु पर्दैन पूर्व सफल ऊर्जा मन्त्री भनियका गोकर्ण बिस्ट को गृह जिल्ला को आधा भागमाअझैँ सम्म बिध्युत गएको छैन । खराब राजनीतिक व्यवस्थाका कारण जिल्ला का धेरै क्षेत्रहरू अझै अन्धकारमा रहनु परेको छ । शिक्षा र स्वास्थ्य को नाममा बर्सेनि करोडौ बजेट छुट्टाउदा समेत त्यसको उचित व्यवस्थापन गर्न सकिएको छैन । जिल्लामा राम्रो स्वास्थ्य संथा नभएकै कारण पाल्पा बुटवल र काठमान्डू धाउनु पर्ने बाध्यता छ।

जिल्लाको साबिकको क्षेत्र न ३ त झन् धेरै समस्याले ग्रसित छ न त कालो पत्रे गरेको सडकनै पुगेको छ न त कुनै ठुलो स्वास्थ्य संस्था छ न त गतिलो उच्च शिक्षा को लागि क्याम्पस । बर्सेनि उच्च शिक्षा को खोजीमा तम्घास पाल्पा बुटवल काठमाडौँ पलाएन हुने युवा दिनदिनै बढिरहेका छन् । यसरि सबै क्षेत्र मा पछि पारिएको गुल्मी जिल्लामा प्रशस्त सम्भावना हुदाहुदै पनि विकास र निकासको बाटो देखाउने नेतृत्व को कमी छ।

चुनावी समयमा भोट माग्न आउने विकास का सयौ सपनाहरू देखाउने एमाले काँग्रेस र आओबादिका नेता हरू चुनाव जिते पछि त्यस क्षेत्र को विकासमा कहिले ध्यान दिएनन । काठमान्डूमा आलिसान बंगला बनाउने गाडी किन्ने मात्र सपना बोकेर हिडे । त्यसैले हरेक गुल्मेली जनताले दुख पाउन परेको छ । राम्रो अस्पताल नहुदा अकालमा मर्नु परेको छ। युवाहरू उच्च शिक्षा लिन नसकेर खाडी मा धाउन परेको छ । हरेक वर्ष साघुरो सडकको कारण दुर्घटनामा परि अकालमै मर्न परेको छ । प्रशस्त स्रोतसाधन हरू भयपनी बिजुली नभएर अन्धकारमा बस्न परेको छ । प्रशस्त खाने पानी नपाएयर अझै खोला नाला हरुमा पानी खोज्दै हिड्न परेको छ । बेरोजगारीको समस्या झेल्न परेको छ ।

विकासमा ध्यान दिने नेतृत्वको कमीले गुल्मी जिल्ला पछि पारिएको हो ! खराब राजनीतिक प्रणालीले जिल्लामा दिनप्रतिदिन कमिसनखोर भ्रष्टाचार बढिरहेको छ । यसतर्फ सबै पक्षको ध्यान जानु पर्ने जरुरी छ ! युवा बुद्धिजीवी समाजसेवी सबै पक्ष को समान हैसियत सहन्छा सम्बृद गुल्मी निर्माणमा ।

विभिन्न समयमा जनतालाई धोका दियर चुनाव जित्ने पद्धतिको सधैको लागि अन्त्य गर्नु जरुरी छ। त्यसैले यसपालिको प्रतिनिधिसभा त प्रदेश सभा निर्वाचनमा सही र सक्षम नेतृत्व चयन गरौँ । मिठा भाषण चिल्ला गफ ले हाम्रो गुल्मी बन्दैन नेता मात्र बन्छन ! गुल्मीको समग्र विकासको लागि सही सक्षम र सामर्थ्य भएको नेतृत्वको आवश्यकता छ ।