गृहमन्त्री बालकृष्ण खाँणका भाइ बने कांग्रेस रुपन्देहीको सभापति - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

गृहमन्त्री बालकृष्ण खाँणका भाइ बने कांग्रेस रुपन्देहीको सभापति



बुटवल- नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन्।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनमा खाँण सर्वसम्मत सभापति चयन भएका हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। यसअघि उनी कांग्रेसको जिल्ला सचिव थिए।

त्यस्तै, कांग्रेस जिल्ला कार्यसमितिको उपसभापतिमा अनिता ढुङ्गाना शाह र थानेश्वर घिमिरे पनि निर्विरोध चयन भएका छन्। उपसभापतिमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि दुवै जना निर्विरोध भएका हुन्।

यसैगरी, सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए। सचिवमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका बालकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएपछि दुवै पदमा सर्वसम्मत भएको हो।

त्यस्तै, जिल्ला कार्यसमितिका सदस्य पनि सर्वसम्मत चयन गरिएका छन्।