खाँदबारीमा पनि नेकपाकै कब्जा
संखुवासभा- उपनिर्वाचनको परिणाम आउने क्रममा संखुवासभाको खाँदबारी नगरपालिका –३को पनि परिणाम आएको छ ।
वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतकुमार घिमिरे विजयीभएका छन् ।
नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गरका छन् ।
खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता रहेका थिए । त्यहाँ १ हजार २ सय ७१ मत खसेको थियो ।
यसअघि पनि यहाँ तत्कालीन एमालेले जितेको थियो ।