देउवा समूहमै फुट: बालकृष्ण खाँण र एनपी सावद असन्तुष्ट - Himal Post Himal Post
  • १६ पुष २०८१, मंगलवार
  •      Tue Dec 31 2024
Logo

देउवा समूहमै फुट: बालकृष्ण खाँण र एनपी सावद असन्तुष्ट



काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनसमूहबाट सभापति शेरबहादुर देउवाको टिममा महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेललाई अघि सार्ने तयारी भएको छ ।

नेता कृष्णप्रसाद सिटौलाले प्रदिप पौडेललाई महामन्त्री उमेदवार बनाउने सर्तमा देउवालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि देउवा तयार भएको स्रोतले जानकारी दियो ।

दुई जनालाई महामन्त्री बनाउँदा बाँकी रहेका नेताहरुको असन्तुष्टि बढेको बताइएको छ । देउवालाई नेता मिलाउन हम्मे हम्मे देखिएको एक नेताले बताए ।

महामन्त्री बन्ने तयारीमा रहेका बालकृष्ण खाँण र एनपी सावद असन्तुष्ट बनेका छन् । देउवा समूहमा रहेका र हरेक कदममा साथ दिएका खाँण र सावदले विद्रोह गर्नसक्ने ती नेताले बताए ।

आफूलाई महामन्त्री नबनाउने देउवाको दाउ देखेपछि सावदले यसअघि रामचन्द्र पौडेल समूहसँग लबिङमा रहेको बताइएको छ । खाँणले पनि महामन्त्री नबन्ने पक्का भएमा प्यानल परिवर्तन गर्ने सोच बनाएका छन् ।