गृहमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायको आकस्मिक बैठक - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

गृहमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायको आकस्मिक बैठक



काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायका पदाधिकारीहरुको आकस्मिक बैठकमा बोलाएका छन्। देशभर लगातार परेको अविरल वर्षाका कारण बाढी र पहिरो जान थालेपछि खाँणले बैठक बोलाएका हुन् ।

बैठकमा चारवटै सुरक्षा निकायका पदाधिकारीहरुलाई बोलाईएको छ ।बैठकमा विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका कर्मचारीसमेतलाई खबर गरिएको बताइएको छ ।

बैठक शुक्रबार दिउसो ३ बजे बस्ने बताइएको छ । वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बस्न लागिएको गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए।