प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने



काठमाडौं । दुध र दुग्द्यजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटका बारेमा संघिय संसदमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिदंै बजार अनुगमनलाई निरन्तरता दिदैं विद्यमान प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गर्ने उनले बताएका हुन् ।

राजधानीमा विक्रि हुने दुध र दुग्द्यजन्य पदार्थमा मानविय स्वास्थ्यमा हानि पुग्ने केमिकल, कोलिफर्म लगायतको मिसावट पाईए सांसदहरुले त्यस तर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । मन्त्री खनालले भने ”भूमिलाई भूमाफियाबाट बचाउन, कृषियोग्य जमिनको खण्डिकरण रोक्न इजाजत प्राप्त जग्गाको कारोवार गर्ने कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाईएको छ । स्पष्ट नीति नबनेसम्म अंशवण्डा बाहेकको कित्ताकाट गर्न रोक लगाईन्छ ।”