गृहमन्त्री खाँणले पदभार ग्रहण लगत्तै सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

गृहमन्त्री खाँणले पदभार ग्रहण लगत्तै सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने



काठमाडौं- नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबार पदभार ग्रहण गर्ने भएका छन् । पदभार ग्रहणसँगै खाँणले आजै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नेछन ।

मंगलबार गृहमन्त्री नियुक्त भएका खाँणले बुधबार बिहान साढे १० बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।