यी हुन् खाली पेटमा खान नुहने खाना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी हुन् खाली पेटमा खान नुहने खाना



एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

१. केरा

खाली पेटमा केरा खाँदा शरिरमा म्याग्रिशियमको मात्रा धेरै बढ्न जान्छ । जसुका कारण शरिरमा क्याल्सियम र म्यागनिशियमको मात्रा असन्तुलन हुन जान्छ । विहान खाली पेटमा केरा नखानुहोस् ।

२. कफी

खाली पेटमा कफीको सेवन गर्नु निकै घातक साबित हुन्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुहोस् ।

३. मसालेदार खाना

कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ ।

४. अल्कोहल

रक्सी त्यसै त स्वास्थका लागि हानिकारक हुन्छ । खाली पेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ बिगार्ने काम गर्छ । यसले पेटमा झलन हुने समस्या देखाउँछ ।

५. मेडिसिन

प्राय डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ ।

६. टमाटर

यसमा अधिक एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ ।

७. सुगर

बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ । त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ ।