१३ लाख बिद्यार्थीको खाजा खोसियो ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

१३ लाख बिद्यार्थीको खाजा खोसियो !



२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

२०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ ।

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् ।

सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।