ओलीले बैठक बोलाएपछि नेकपामा खैलाबैला: प्रचण्ड पुगे बालुवाटार - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओलीले बैठक बोलाएपछि नेकपामा खैलाबैला: प्रचण्ड पुगे बालुवाटार



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समधान हुने आशा गरिएकै बेला पार्टीको सहमति लत्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि पार्टीभित्र सन्त्रासको माहोल बनेको छ ।

नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ भने दुई अध्यक्षबीच अध्यादेश फिर्ता गर्ने सहमति भएको छ । सो अध्यादेश फिर्ता हुनुअघि नै ओलीले बैठक बोलाइएपछि नेकपा तरंगित बनेको छ ।

अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि बिहीबार साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा संशय पैदा भएको हो ।

यसैबीच ओलीले परिषद् बैठक बोलाएपछि नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनले ओलीले बैठक बोलाउनुको कारण र अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बुझिएको छ ।

ओलीसँग छलफलका लागि प्रचण्ड साढे ३ बजे बालुवाटार पुगेका हुन् ।