उठिबास बनायो दशगजाको भारतीय बाँधले
काठमाडौं, भदौ १६ –
खाँडो नदीको प्राकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनी सप्तरीको भुभाग डुबानमा पर्छ ।
अन्र्तराष्ट्रिय नियम तथा प्रावधानविपरित भारतले खाँडो नदी मोडेर दकगजा क्षेत्रमै बनाएको बाँधले तिलाठीलगायत दक्षिणी क्षेत्रका जनताको उठिबास हुने गरेको छ ।
भारतीय बाँधले बर्षायाममा नेपाली भुभाग डुबानमा पर्दे आए पनि नेपाल सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिले भारतीइ पक्षसंग गम्भीरतापुर्वक कुरा राख्न नसकेको आरोप स्थानीयको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।