अब भिजिट भिसामा खाडी मुलुकहरूमा जान नपाइने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब भिजिट भिसामा खाडी मुलुकहरूमा जान नपाइने



काठमाडौँ- सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार यस्तो सूचना जारी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र मणि पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म माघ १० गतेदेखि अब भिजिट भिसामा नेपालीहरू मलेसिया र अन्य खाडी राष्ट्रमा जान पाउने छैनन् ।

‘विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८ माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाको नयाँ भेरिएन्ट स्वदेश र विदेशमा पछिल्लो समय तीव्र रुपमा फैलिएसँगै सरकारले जोखिम नियन्त्रणका लागि यस्तो सूचना जारी गरेको जनाएको छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने नेपाली कामदारहरूलाई भने सरकारले रोक लगाएको छैन ।